नेप्सेले थप ५.६४ लाख कित्ता बोनस सेयर सूचीकरण गर्यो

काठमाडौं। ओरियण्टल होटल लिमिटेडको ५ लाख ६४ हजार ४५.२२ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३१६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५.२६३१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

सोही घोषणा अनुसारको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। अब यी सेयरहरु दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछन्।

कम्पनीद्वारा प्रदान गरिएको बोनस सेयर सूचीकृत भएसँगै लगानीकर्ताले यसलाई खुला बजारमा खरिद–बिक्री गर्न सक्नेछन्।