
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा यस अवधिमा ३८.४१ प्रतिशतले घटेको छ।
दोस्रो त्रैमासमा कम्पनीले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आर्जित ८ करोड ४९ लाख रुपैयाँको तुलनामा कम हो।
लघुवित्तको खुद ब्याज आम्दानी २७.५६ प्रतिशतले घटेर ११ करोड १४ लाखमा झरेको छ भने खुद फि तथा कमिशन आम्दानी ८६.२६ प्रतिशतले घटेर १६ लाख ६९ हजारमा सीमित भएको छ। संचालन मुनाफा ४३.३८ प्रतिशतले घटेर ७ करोड ४७ लाखमा झरेको छ भने वितरणयोग्य मुनाफा ३८.१७ प्रतिशतले घटेर ३ करोड ९१ लाखमा सीमित भएको छ।
कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ७८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १२५.३३ रुपैयाँ छ। खराब कर्जा दर २.८७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ।१ अर्ब ३४ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ३४ करोड ६ लाख रुपैयाँ छ।