नेप्सेमा दुई जलविद्युत कम्पनीका बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार २ वटा हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज नेप्सेमा सगरमाथा जलविद्युत कम्पनी र साहस उर्जा लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।आज नेप्सेमा सगरमाथा जलविद्युत कम्पनीको ४.७५ प्रतिशतले हुन आउने ५ लाख ३२ हजार कित्ता शेयर र सहस उर्जाको ८ प्रतिशतले हुन आउने २८ लाख कित्ता शेयर सूचीकृत भएको हो ।शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।