आज राष्ट्र बैंकले ९० अर्ब रकम बजारबाट निकाल्दै

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूमा तरलता बढेको अवस्थालाई ध्यानमा राख्दै, राष्ट्र बैंकले आज ९० अर्ब रुपैयाँ बजारबाट झिक्ने निर्णय गरेको छ। यो रकम २१ दिनको अवधिका लागि निक्षेप सङ्कलन उपकरणमार्फत झिक्न लागिएको हो।अर्थतन्त्रमा अधिक पैसा सञ्चित भएपछि त्यसको व्यवस्थापन गर्न राष्ट्र बैंकले निरन्तर बजारबाट रकम झिक्ने कार्य गरिरहेको छ। राष्ट्र बैंकले आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङ प्रणाली मार्फत बोलकबोल गर्न सकिने जानकारी दिएको छ। इच्छुक बैंक र वित्तीय संस्थाले कम्तिमा १० करोड रुपैयाँ र अधिकतम ५० करोड रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन्। यो रकमको साँवा र ब्याजको भुक्तानी माघ ३० गते हुनेछ।