आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन खुल्यो

काठमाडौं । आईसीएफसी फाइनान्सले माघ ९ गतेदेखि ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर–२०८८’ ऋणपत्र बिक्री खुला गरेको छ। कुल ३० करोड रुपैयाँ बराबरका ३ लाख कित्ता ऋणपत्रमध्ये सार्वजनिक निष्कासनका लागि १ लाख २० हजार कित्ता छुट्याइएको छ।

सार्वजनिक निष्कासनमा सामूहिक लगानी कोषलाई ६ हजार कित्ता छुट्याइएको छ भने बाँकी कित्तामा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

यस ऋणपत्रमा वार्षिक ९ प्रतिशत ब्याजदर दिइनेछ। आवेदन प्रक्रिया छिटोमा माघ १३ र ढिलोमा माघ २३ गतेसम्म पूरा गर्नुपर्नेछ। बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटलले निर्वाह गर्नेछ।आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था वा सि–आस्बा प्रणालीमार्फत दिन सकिन्छ।