लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद बाँडफाँड , ४ लाख ९२ हजार कित्ता लिलाममा आउने

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंङले माघ ७ गते हकप्रद बाँडफाँड गरेको हो ।कम्पनीले मङ्सिर १२ गतेदेखि पुस १७ गतेसम्म  १ः०.८८४५ को अनुपातमा ८८.४५ प्रतिशतले हुन आउने २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। कम्पनीका अनुसार हकप्रदमा रितपुर्वक आवेदन दिने ११ हजार ४ सय ६८ जनालाई २ करोड २९ लाख ७५ हजार ४ सय २३ कित्ता शेयर बाँडफाँड गरिएको छ। हकप्रदमा बिक्री नभएको ४ लाख ९२ हजार ५ सय ७७ कित्ता शेयर कम्पनीले लिलाम गर्ने छ। कम्पनीले हकप्रदमा नपरेको पैसा माघ १० गतेदेखि आईपीएस मार्फत फिर्ता गर्ने जनाएको छ।