साढे ६ अंकले बढ्यो सेयर बजार,फाइनान्समा उच्च गिरावट

आज साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । आज  सेयर  बजार नेप्से परिसूचक ६.७८ अंकले बढेर २,६०७ को विन्दुमा कायम भएको छ । कारोबार रकममा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ६ अर्ब २५ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५७ करोडको भयो ।

आज  ११८ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ८ को स्थिर रह्यो । फाइनान्स सेक्टर सबैभन्दा धेरै २.५३ प्रतिशत घट्यो भने अन्य सेक्टर २.१३ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.२०, विकास बैंक ०.६०, हाइड्रोपावर ०.०२ र माइक्रोफाइनान्स ०.०४ प्रतिशत घटे । होटल तथा पर्यटन ०.१२, लगानी ०.६०, जीवन बीमा ०.०४, उत्पादन १.६८, निर्जीवन बीमा ०.२३ र व्यापार समूह १.०६ प्रतिशत बढे ।