दोस्रो त्रैमासिकसम्म ११ वाणिज्य बैंकहरुको नाफा बढयो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा  ११  वाणिज्य बैंकहरुको नाफा बढेको छ । पुस मसान्तसम्ममा नबिल बैंकको नाफा १.२९ प्रतिशतले बढेको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको ४९.५१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५७.१८ प्रतिशत, एभरेष्ट बैंकको २१.११ प्रतिशत र एनएमबि बैंकको ४५.६१ प्रतिशतले नाफा बढेको छ । त्यस्तै यो अवधिमा हिमालयन बैंकको नाफा ०.९८ प्रतिशत, प्रभु बैंकको ८५.४९ प्रतिशत, सानिमा बैंकको ४.७२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ९.७१ प्रतिशत, नेपाल एसबिआई बैंकको ७.११ प्रतिशत र माछापुच्छ्रे बैंकको ०.२४ प्रतिशतले नाफा बढेको छ ।

 चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकहरुले यस्तो नाफा २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ रहेको थियो । २० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुको नाफा घट्दा समग्रमा बैंकहरुको खुद नाफा घट्न पुगेको

विवरणअनुसार यो अवधिमा प्राइम कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, कुमारी बैंक र एनआईसी एसिया बैंकको नाफा घटेको छ ।

यो अवधिमा सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ९२ .०३ प्रतिशतले घटेको छ । त्यस्तै कुमारी बैंकको ६८.२० प्रतिशत र सिद्धार्थ बैंकको नाफा ५३.३६ प्रतिशतले घटेको छ । त्यस्तै नेपाल बैंकको नाफा २१.८७ प्रतिशतले घटेको छ । यो अवधिमा सिटिजन्स बैंकको नफा १५.५४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६२.१४ प्रतिशत, कृषि विकास बैंकको २९.३५ प्रतिशत, स्ट्याण्र्डर्ड चार्टर्डको ४.९७ प्रतिशत र प्राइम कमर्सियलको १४.३४ प्रतिशतले घटेको छ । अवधिमा वाणिज्य बैंकहरुको नाफा साढे ४ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार ४.६२ प्रतिशतले नाफा घटेको हो ।