
काठमाडौं । नेपाल राष्ट्रबैंकबाट "घ" वर्गको इजाजत प्राप्त मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं
वार्षिक साधारण सभा शुक्रबार सु-सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष
कल्याणविक्रम पाण्डेको सभापतित्वमा सभा सम्पन्न भएको हो ।
सभाले ७.५ प्रतिशत बोनस सेयर
प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले संस्थाको आर्थिक वर्ष
२०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्नुको साथै लेखा परीक्षकको प्रतिवेदनसहित
२०८१ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक
वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।
नुवाकोटको बट्टारमा सम्पन्न
साधारणसभाबाट सर्वसाधारण समूहका तर्फबाट आगामी ४ वर्षको लागि सञ्चालक समितिको
सञ्चालक पदमा बद्रीप्रसाद पुडासैनी र ज्ञानुकृष्ण अधिकारी निर्विरोध निर्वाचित
भएका छन् ।