
काठमाडौं : महालक्ष्मी विकास बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । पुस २९ गते साधारण सभा सम्पन्न गरेको यस बैंकले सोही दिनबाटै लाभांश खातामा पठाउन सुरु गरेको थियो । बैंकले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ४ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको जनाएको छ ।
यता, बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ । बैंकको पुस २९ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।