
साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात बुधबार १.८३ अंक बढेर २५९५.९६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६९ अंक बढेर २५९८.६६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४० अंक बढेको छ।