
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आवका लागि घोषणा गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । बैंकले पुस २८ गते सम्पन्न भएको २३ औं वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत नगद लाभांश (कर समेत) बुक क्लोज बन्द हुँदाका बखत अभौतिक रुपमा सेयर धारण गरेका हितग्राही खातामा जम्मा गरेको हो ।
हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई आफ्नो निक्षेप सदस्यकोमा सम्पर्क गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । यसैगरी, भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा पनि सेयर अभौतिकीकरण भए पश्चात् स्वतः बैंक खातामा जम्मा गरिने हुँदा आफ्नो सेयर अभौतिकीकरण गराउनु बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलले आग्रह गरेको छ ।