
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले मूल्य बढाएको हो ।
पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँका दरले, डिजेल र मट्टितेलको मूलय प्रति लिटर ३ रुपैयाँको दरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।नयाँ मूल्य अनुसार पेट्रोलप्रतिलिटर १६५ रुपैयाँ, डिजेल र मट्टितेल १५६ रुपैयाँ कायम भएको छ ।