
सुनसरी उद्योग वाणिज्य संघ धरान, सुनसरीमा मितेरी डेभलपमेन्ट बैकको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले आ. व. २०८०/२०८१ को मुनाफाबाट शेयर धनीलाई १०.००८३ प्रतिशत लाभांश वितरण गर्नै निर्णय पारित गरेको छ । सो लाभांश वितरण पश्चात बैकको चुक्ता पुँजी १ अर्व २१ करोड भन्दा वढी भएको र प्रदेश स्तरीय ”ख” वर्गको विकास बैकको रुपमा स्तर उन्नती गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कर्यकारी अधिकृत अनन्त कुमार चापागाईले पदभार ग्रहण गरेका छन् । मंगलबार माघ १ गते बैकको केन्द्रिय कार्यलयमा संचालक समितिका अध्यक्ष श्री किसन मास्के तथा अन्य संचालकहरुको उपस्थितिमा आयोजित कार्यक्रमका वीच सिइओ चापागाँइले पदभार ग्रहण गरेका हुन्। बैक संचालक समितिले चापागाँईलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुत्त गरेको हो । बैकमा आयोजित पदभार ग्रहण कार्यक्रममा चापागाँइले संस्थागत शुसासन र नियमाकिय प्रावधान भित्र रहेर संस्थालाई एक सवल, सक्षम र उदारहणीय बैक बनाउने योजना रहेको बताएका छन् ।
बैकिङ्क र वित्तीय क्षेत्रमा दख्खल राख्ने चापागाँईको नेत्रृत्वमा मितेरी डेभलपमेन्ट बैंकले उत्कृष्ट कार्य सम्पादन गर्ने विश्वास बैंक संचालक समितिले लिएको छ ।