
काठमाडौं– कृषि विकास बैंकको १८औं वार्षिक
साधरणसभा सम्पन्न भएको छ । बृहत कार्य सञ्जालद्वारा सेवालाई देशका अति दुर्गमदेखि
सुगम ठाउँमा २८२ वटा शाखामार्फत आधुनिक बैकिङ सेवा पुर्याउन सफल भएको छ ।
सरोकारवालाहरुको उपस्थिति रहेको साधरणसभामा विभिन्न
निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा
कार्यरत उच्च व्यवस्थापक, कर्मचारी
र बैंक संचालक समितिका सदस्यहरु सहभागी थिए |