
काठमाडौं । नेपाल राष्ट्र
बैंकले मनोकामना मनिचेञ्जर (वीरगंज, पर्सा)को लाइसेन्स खारेज गरेको
छ ।राष्ट्र बैंकले एक सूचना जारी गर्दै भारतीय रुपैयाँ खरिद बिक्री गर्न इजाजतपत्र
प्राप्त गरेको उक्त मनिचेञ्जरको इजाजतपत्र रद्द गरिएको जानकारी गराएको हो ।नेपाल
राष्ट्र बैंक, मनिचेञ्जर
इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को
विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्था बमोजिम इजाजतपत्र रद्द गर्ने निर्णय
भएको केन्द्रीय बैंकले जनाएको छ ।साथै, अब उप्रान्त सो मनिचेञ्जरसँग
कुनै पनि कारोबार नगर्न/नगराउनु हुन सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।