
साताको पहिलो दिन आज
आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से सूचक २५.४१ अंकले
घटेर २६०९.६७ को बिन्दुमा पुगेर रोकिएको हो ।आज कारोबारमा आएका ३०१ कम्पनीका ८० लाख २१
हजार ६ सय ३१ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार ३ सय २३
रुपैयाँ ८७ पैसाको कारोबार भएको छ।
जस मध्ये एनआरनएन इन्फ्रास्ट्रकचरको
सर्वाधिक २० करोड ४१ लाखको कारोबार भएको छ भने सिन्धु विकास बैंकको १८ करोड ८०
लाखको कारोबार भएको छ।आज कारोबार मा आएका मध्ये विन नेपाल लघुवित्त
र सिन्धु विकास बैंकको शेयर मूल्य १० प्रतिशत बढेको छ।
त्यस्तै नेपाल रिपब्लिक मिडियाको शेयर
मूल्य ४.८७ प्रतिशत बढेको छ।आज कारोबारमा आएका मध्ये न्यादी हाइड्रोको
शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने सानिमा ग्रोथ फण्डको शेयर मूल्य ७.५५
प्रतिशत घटेको छ। त्यस्तै सुपर मादी हाइड्रोको शेयर मूल्य ७.१० प्रतिशत तथा ग्रिन
डेभलपमेन्ट बैंकको शेयर मूल्य ६.८४ प्रतिशत घटेको छ।आज कारोबारमा आएका मध्ये
सबै समूहगत सूचक घटेका छन्।