
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना
(मंसिरसम्म) शोधनान्तर स्थिति सवा २ खर्ब रुपैयाँ बचतमा पुगेको छ ।नेपाल राष्ट्र
बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर मसान्तसम्म शोधान्तर स्थिति
२ खर्ब २५ अर्ब ३४ अर्ब रुपैयाँ पुगेको हो ।
गत वर्ष यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब १६
अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही
अवधिमा १ अर्ब ६३ करोड बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६७
करोड डलरले बचतमा रहेको छ ।
यस अवधिमा चालु खाता पनि १ खर्ब ४० अर्ब ७१
करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा चालु खाता १ खर्ब ४१ अर्ब ३ करोड
रुपैयाँले बचतमा रहेको थियो ।