बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको जनाउँदै प्यान अद्यावधिक भएपश्चात् करकट्टीको विवरण E-TDS सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने बैंकले जनाएको छ ।
साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिनसमेत बैकले अनुरोध गरेको छ ।