
बैंकिङ निक्षेप घट्दा कर्जा प्रवाह स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका
अनुसार पुस २० गतेको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ६६ खर्ब ७९ अर्ब निक्षेप
संकलन भएको छ । अघिल्लो बैंकिङ प्रणालीमा ६६ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन
भएको थियो ।
यस्तै, सो समयमा बैंक तथा
वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि घटेको छ । पुष १९ गते ५९ खर्ब ४२ अर्ब
संकलन गरेका वाणिज्य बैंकहरुले २० गते ५९ खर्ब ४१ अर्ब रूपैयाँ निक्षेप संकलन
गरेका छन् । समीक्षा अवधिमा कर्जा प्रवाह स्थिर रहेको छ । पुस १९ गते ५३ खर्ब ६४
अर्ब कर्जा प्रवाह भएकोमा पुष २० गते ५३ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको
छ। सो अवधिमा वाणिज्य बैंकहरूबाट हुने कर्जा प्रवाहमा पनि बढेको छ ।