
काठमाडौं । बाणिज्य
बैंकहरुको आधार दर निरन्तर घटीरहेको छ ।
पछिल्लो एक वर्षको अवधिमा नै बेसरेट दुई प्रतिशत बिन्दुले घटेको छ ।
गत वर्षको पुस
महिनामा २० वटा बैंकहरुको औसत आधार दर ९.१३६ प्रतिशत रहेको थियो । तर, एक वर्षको अवधिमा भने २.१२१ प्रतिशत बिन्दु
घटेको छ । यो वर्षको पुसमा भने औसत आधार दर ७.०१५ प्रतिशत बिन्दुमा आइपुगेको छ ।
अघिल्ला
वर्षहरुमा बैंकहरुको आधार दर दोहोरो अंकमा रहेको थियो । तर, वर्तमान अवस्थामा भने एकल अंकको पनि न्युन
बिन्दुमा झरिरहेको छ । केही बैंकको आधार दर साढे ५ प्रतिशत बिन्दुका लाइनमा
आइपुगेको छ ।
अहिले बैंकहरुको
आधार दर महिनैपिच्छे घटीरहेको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै
निक्षेपको ब्याजदर पनि निरन्तर घटिरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैंकहरुको
लागत पनि घटेको छ । लागत घट्दा बैंकहरुको आधार दर घटेको हो । आधार दर घट्दा
कर्जाको ब्याजदर पनि सस्तो हुने गर्छ, बढ्दा भने कर्जाको ब्याजदर पनि बढ्ने गर्छ ।
बैंकहरुले कर्जाको प्रकृति अनुसार भने फरक हुन्छ, हाल बैंकहरुले आधर दरमा १.५ प्रतिशतदेखि ५
प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् । तर, बैंकहरुले कर्जा लगानी विस्तारका लागि कम
प्रिमियम तोकका छन् ।
कर्जाको ब्याजदर
घट्दा ऋणीलाई फाइदा पुग्छ । व्यवसायिक तथा व्यक्तिगत कर्जामा लागत कम हुन्छ ।
उद्यमी तथा व्यवसायीहरुलाई ऋण लिएर नयाँ लगानी विस्तार गर्न सहज हुन्छ
बैंकहरुको
ब्याजदर घटेपनि कर्जा माग भने बढ्न सकेको छैन । कर्जा विस्तार न्युन हुँदा
बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएर बसेको अवस्था छ । अझै पनि आर्थिक
शिथिलता कायमै रहेका कारण कर्जाको माग बढ्न सकेको छैन । बैंकहरुले एकल अंकको
ब्याजदरमै कर्जा लगानी गर्न चाहे पनि सर्वसाधारणबाट भने कुनै माग नभएको बताइन्छ ।
विशेषगरि घर कर्जा आधार दरमै दिन तयार हुँदा पनि सर्वसाधारणले चासो नदेखाएको
बैंकरहरु बताउँछन ।
विभिन्न स्किम
मार्फत बैंकहरुले न्युन ब्याजदरमै कर्जा लिन आग्रह गरिरेका छन् । घर कर्जा, व्यवसायिक कर्जा, व्यक्तिगत कर्जा लगायत विभिन्न क्षेत्रमा
आधार दरमै ऋण लगानी गर्न तयार हुँदा पनि सर्वसाधारणले चासो नदेखाएको बैंकहरुको
भनाई छ । आर्थिक गतिविधि चलायमान नहुँदा पनि कर्जा प्रवाह सुस्ताएको उनीहरु
बताउँछन् ।
कुन बैंकबाट ऋण
लिँदा सस्तो ब्याज पर्छ ?
अब पुस महिनाको
आधार दर (बेस रेट) को आधारमा सबैभन्दा सस्तो ब्याजमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले
ऋण उपलब्ध गराउन सक्ने देखिन्छ । हाल बैंकको बेस रेट ५.३८ प्रतिशत छ ।
यता, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य
बैंकले पनि एकल अंकको ब्याजदरमै ऋण दिन सक्ने अवस्थामा छ । बैंकको आधार दर ५.८५
प्रतिशत बिन्दुमा पुगेको छ ।
यस्तै, एभरेष्ट बैंकको आधार दर ६.१५ प्रतिशत, नेपाल बैंकको ६.३९ प्रतिशत, नबिलको ६.५१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.८ प्रतिशत, कृषि विकासको ६.९४ प्रतिशत छ ।
पुस महिनामा
सबैभन्दा धेरै आधार दर हुने एनआइसी एशिया बैंकको ८.०४ प्रतिशत छ । हाल ग्राहकले
बाग्रेनिङ्ग गर्न सकेमा बैंकहरुले आधार दरमै कर्जा दिन सक्ने अवस्थामा छन् ।