असोज ७ गते, सोमबार, नेप्सेले बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात् कम्पनीको शेयरमूल्य ६३१ रुपैयाँ ८२ पैसा कायम भएको छ। नेप्सेले अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। साेमबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ६९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर असोज ८ गते मंगलबार, दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।