
काठमाडौँ । नबिल बैंकले देशका विभिन्न ठाउँमा आफ्नो स्वामित्वमा रहेको जग्गा बिक्री गर्न सूचना प्रकाशित गरेको छ । बैंकले काठमाडौं उपत्यकासहित आफ्नो स्वामित्वमा रहेको विभिन्न ११२ ठाउँको जग्गा बिक्री गर्ने भएको हो ।
बैंकको यस्तो गैह्र बैंकिङ्ग सम्पत्ति बोलकबोलमार्फत खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्ने जनाएको छ । बोलपत्र सम्बन्धी फाराम नबिल बैंकको कर्जा असुली विभागबाट कार्यालय समयभित्र प्राप्त गर्न सकिनेछ ।
बोलपत्रमा आफूले सकार गरी लिन चाहेको सम्पत्ति के कति रकममा खरिद गरी लिन चाहेको हो सो को अंक तथा अक्षरमा स्पष्टसँग लेखिएको हुनु पर्ने र आफूले कबोल गरेको रकमको कम्तीमा १० प्रतिशतले हुन आउने रकम धरौटी बापत जम्मा गर्नुपर्ने बैंकले जनाएको छ । यसरी धरौटी स्वरूप जम्मा गरिएको रकममा ब्याज पाइने छैन