नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने भएको छ ।बैंकको पुस २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा  लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।