एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवनमा पुस्तकालय उद्घाटन

[20:38, 07/01/2025] Shankar Pudasaini: एनआईसी एशिया बैंक(NICA)ले बागमती प्रदेशको चितवन जिल्लास्थित राप्ती नगरपालिका–७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय उद्घाटन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेको पुस्तकालय भवनहरु निर्माण गर्दै आएकाे छ।


विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने प्रमुख उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा पुस्तकालय भवन निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको पुस्तकालय भवन यहीँ २०८१ पुष १९ गते उद्घाटन गरिएको छ ।

[20:38, 07/01/2025] Shankar Pudasaini: उक्त पुस्तकालय उद्घाटन समारोहमा सोही नगरपालिका, वडा नम्बर ७ का वडा अध्यक्ष सुमिता डल्लाकोटी, यस एनआईसी एशिया बैंक बागमती प्रदेश (१, २, ४ र ५) का प्रमुख (Deputy PAE) दिलिप डाँगी र बागमती प्रदेश, २ का उपप्रमुख (Assistant PAE) रामकृष्ण काफ्ले तथा सम्बन्धित विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । उक्त पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका झन्डै एक हजार ५० विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरु उक्त पुस्तकालयबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले जनाएकाे छ ।

[20:38, 07/01/2025] Shankar Pudasaini: यसअघि, बैंकले लुम्बिनी प्रदेशको रुपन्देहीस्थित सियारी गाउँपालिका–४ छपिया अवस्थित पब्लिक सेकेन्डरी स्कुल, मधेश प्रदेशको सिराहास्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित बाला सुन्दरी माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहुँस्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलालीस्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापास्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको उद्घाटन भई सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण भइसकेका छन् । त्यसैगरी, मधेश प्रदेशको पर्सास्थित वीरगञ्ज महानगरपालिका–१४ मा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर पुस्तकालय स्थापनाको लागि सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण गरिसकिएको छ ।

बैंकले उल्लेखित पुस्तकालय भवनहरु निर्माणका लागि भनेर कुल २ करोड ५ लाख ३० हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भई उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।