
काठमाडौं : प्रभु बैंक लिमिटेडले नयाँ वर्ष २०२५ को शुरुवातसँगै विद्युतीय कारोबाररलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर सञ्चालनमा ल्याएको छ।
काउण्टर मार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम तथा विभिन्न केआईओएसके मेसिनको माध्यमबाट नगद जम्मा गर्ने, निकाल्न, क्लियरिङ चेक जम्मा गर्ने, खाताको स्टेटमेण्ट प्रिन्ट गर्न सकिने लगायत सेवा ग्राहक आफैँले गर्नसक्ने व्यवस्था मिलाइएको छ।
हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत विस्तार हुनेछ।
यो सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउने विश्वास बैंकले लिएको छ।