राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ नवनियुक्त पाँच राजदुतहरुले लिए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त पाँच राजदुतहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

राष्ट्रपति पौडेलले विभिन्न पाँच वट देशका राजदुतहरुलाई शपथ गराएका हुन् ।एक कार्यक्रमका बीच गणतन्त्र पोर्चुगलका लागि प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियम अधिराज्यका लागि सेवा लम्साल, डेनमार्कका लागि सम्निमा तुलाधर र मलेसियाका लागि डा. नेत्र प्रसाद तिम्सिनाले शपथ लिएका हुन् ।कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा लगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।