३३ अंकले घटेको सेयर बजारमा ५ अर्ब बढीको कारोबार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० बिन्दुमा झरेको हो ।

नेप्सेका अनुसार सेयर बजारमा २८ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आज ३०८ कम्पनीको १ करोड ३१ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड रुपैयाँ फाइनान्सको ,१४ करोड ४२ लाख, एनएलजी इन्स्योरेन्सको १२ करोड २८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ११ करोड ९४ लाख रुपैयाँ बढीको करोबार भएको छ ।

मंगलबार उपसमूहमा अन्य सूचकको सेयर मूल्य ०.०६ प्रतिशतले बढेको छ । साथै, १२ वटा उपसचूक राताम्मे रहेकाे नेप्सेले जनाएको छ ।