बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कार्तिक २१ गते बुकक्लोज मिति तय गरेका छन्। तसर्थ, आज कार्तिक २० गतेसम्म कारोबार गरी कायम रहेका शेयरधनीहरु हकप्रद शेयरमा आवेदन दिनका लागि योग्य हुनेछन्।
बलेफी हाइड्रोपावरले हाल कायम चुक्तापुँजीको १ः१ को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो। हाइड्रोपावरको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।
त्यसैगरी, लिबर्टी इनर्जीले हाल कायम चुक्तापुँजीको १ः०.५ को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो। लिबर्टी इनर्जीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।