समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत कार्तिक १२ गतेबाट रु १०० अंकित दरको ३ लाख ५० हजार ९०४.२५ कित्ता साधारण शेयर सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यु) गरेकोमा आवेदन दिने आज कार्तिक २० गते अन्तिम दिन रहेको छ।
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर सर्वसाधारणमा एफपीओ निष्काशन खुल्ला गरेको हो।
इच्छुक लगानीकर्ताले कम्पनीको FPO मा न्युनतम १० कित्ता देखी अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। कम्पनीको एफपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।समता घरेलु लघुवित्तको दोश्रो बजारमा शेयर प्रति कित्ता रु ८९७ कायम रहेको छ।