ग्लोबल आइएमई बैंकले मंसिर २७ गते डाक्यो साधारण सभा

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले आफ्नो १८ औं बार्षिक साधारण सभा २०८१ साल मंसिर २७ गते बिहिबार (तद्नुसार १२ डिसेम्बर, २०२४) बिहान १०:०० बजे कमलादी, काठमाडौं स्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा डाकेको छ।

सभाको विशेष प्रस्तावमा चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर स्वीकृत गर्ने साथै, बैंकको प्रबन्धपत्र/नियमावलीमा नियमनकारी निकायबाट निर्देशन भएमा संशोधन गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने रहेको छ।

त्यसैगरी, लेखापरीक्षकको प्रतिवेदन सहितको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ती साथै निजको पारिश्रमिक निर्धारण गर्ने र बैंकका साहायक कम्पनीको वित्तिय विवरण स्वीकृत गर्ने रहेको छ।

ग्लोबल आइएमई बैंकले साधारण सभा तथा लाभांश प्रयोजनार्थ मंसिर ९ गते एक दिनका लागि बुकक्लोज मिति तय गरेको छ। तसर्थ, मंसिर ८ गतेसम्म कारोबार गरी कायम रहेका शेयरधनीहरु साधारण सभामा भाग लिनुका साथै लाभांशका लागि योग्य हुनेछन्।