हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफादेखि आफ्ना कम्पनीका शेयरधनिहरुमा वितरण गर्न प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक ७ गते बुकक्लोज गर्ने निर्णय गरेकाले आजसम्म नेप्सेमा कारोबार गरि कायम शेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले गत अर्थिस वर्षको मुनाफादेखि शेयरधनीहरुलाई १० प्रतिशत दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद गरि कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

कम्पनीको साधारणसभा आगामी कार्तिक २५ गते, आइतबार, आम्रपाली ब्याङ्केट, काठमाडौँमा बिहान १० बजेदेखि शुरु हुनेछ।