ग्लोबल आइएमई बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

ग्लोबल आइएमई बैंकद्वाराआर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनीको असोज २१ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। जसअनुसार बैंकले चुक्तापुँजी ५.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १८ औं वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।