सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट वार्षिक साधारणसभा आव्हान गरेको छ। बैंकको वार्षिक साधारणसभा कात्तिक १२ गते काठमाडौं डिल्लीबजारस्थित अमृतभोमा बिहान ९ बजेदेखि सुरु हुनेछ।
बैंकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ० दशमलव २१ प्रतिशत नगद गरि कुल ४ दशमलव २१ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले असोज २९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असोज २३ गतेसम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनिहरुले मात्र कम्पनीको साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।