सन् २०२६ का लागि अमेरिकी सरकारले ईडीभी खुला गर्न लागेको छ । ईभीडी कार्यक्रम आज अर्थात् अक्टोबर २, राति ९.४५ (नेपाली समय) बजेदेखि खुल्न लागेको हो ।यसको आवेदन https://dvprogram.state.gov/ मा नोभेम्बर ५ , (कार्तिक २० गते) नेपाली समय अनुसार राति १०ः ४५ बजे सम्म समयमा जुनसुकै बेला पनि भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।  डीभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट निष्पक्ष रूपमा गरिने दूतावासले जनाएको छ ।दूतावासले एकजना व्यक्तिले एउटा मात्र आवेदन भर्नुपर्ने र एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने जनाएको छ ।