सिंहदरबारमा सर्वदलीय बैठक सुरू

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको कार्यालयमा सुरु बैठकमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताहरु सहभागी छन्।

अविरल वर्षापछिको बाढीपहिरो एवं विपत्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो।