काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
बुधबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
उनलाई विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको भन्दै पुर्जी जारी भएको हो।
यस्तै, अदालतले साइबर क्राइकको कसुरमा जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल विरूद्ध पनि पुर्जी जारी गरेको हो ।